प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। मंगलवार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो। मत दिन्नमा एक मत खसेको छ।

मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो। उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here