लगातार दोस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से, साढे ४७ करोडको कारोबार

काठमाडौं, १ असोज । साताको पहिलो र दोस्रो दिन लगातार दोहोरो अंकले घटेको शेयर बजार तेस्रो र चौंथो दिन भने दोहोरो अंकले बढ्यो ।

बुधवार नेप्से परिसूचक २२.६८ अंकले बढेर १ हजार १ सय ७३.४२ अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशत बढी हो ।

बुधवार ‘क’ वर्गको मापक सेन्सेटिभ इन्डेक्स ४.१३ अंकले बढेर २ सय ५५.७० अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.६४ प्रतिशतले बढी हो ।

मंगलवारको तुलनामा बुधवार कारोबारमा पनि धेरै सुधार आएको छ । मंगलवार ३८ करोड ३९ लाख रुपैयाँको कारोबार भएकोमा बुधवार १ सय ७१ कम्पनीको १६ लाख ४५ हजार ८ सय ७७ कित्ता शेयर किनबेच हुँदा ४७ करोड ६८ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । बुधवार सबैभन्दा धेरै होटल समुहको सूचक बढ्यो होटलको सूचक ३.६८ प्रंतिशतले बढ्यो ।

त्यस्तै, जीवन बिमा कम्पनीको ३.४० प्रतिशत, र्निजीवन बिमाको ३.२८ प्रतिशत, उत्पादन क्षेत्रको २.९८ प्रतिशत, लघुवित्त समुहको २.२२ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

बुधवार सबैभन्दा धेरै सिन्धु बिकास बैंकका शेयर धनीले कमाए । सिन्धु विकास बैंकको शेयर मूल्य १० अंकले बढ्यो ।

त्यस्तै, समता लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशत, रिडी जलविद्युत कम्पनीको ९.८८ प्रतिशत, ग्लोबल आइएमइ लघुवित्तको ९.०४ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा कर्णाली विकास बैंकका शेयर धनी रहेका छन् । कर्णाली विकास बैंकको शेयर मूल्य ४.५३ अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार गर्नेमा सिभम सिमेन्ट कम्पनी रहेको छ । सिभम सिमेन्ट कम्पनीले ६ करोड २४ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here