काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ विन्दुमा झरेको हो ।
यसदिन ३०३ कम्पनीको ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूह को परिसूचक घटेको छ । आज अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ ।
यसको ५० करोड र शिवम् सिमेन्टको सर्वाधिक २४ करोड र सोनापुरको १६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।
घट्दो बजारमा विन नेपाल र मानुषी लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले करिब १० प्रतिशतले बढेको छ ।