नेपाल एयरलाइन्सद्धारा जेष्ठ नागरिकलाई ५० प्रतिशत छूट

काठमाडौं, १ असोज । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका जेष्ठ नागरिकका लागि ५० प्रतिशत छूटको घोषणा गरेको छ ।

निगम व्यवस्थापनले १ असोज (बुधबार)बाट लागू हुने गरी छूट दिने घोषणा गरेको हो । निगमको आन्तरिक उडानमा यो योजना लागु हुने भएको छ ।

निगमले आन्तरिक उडानमा केन्द्रिय कार्यालयस्थित काउन्टरबाट मात्र टिकट बिक्रि गर्दै आएको छ ।

निगमले दशैंको मुख पारेर घोषणा भएको यस योजनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको घोषणा समेत पुरा भएको छ ।

भट्टराईले दशैं अगाडी नै आन्तरिक उडानमा ५० प्रतिशत छूट दिने बताएका थिए । मन्त्री भट्टराईले आफ्नो कार्ययोजनामा यो योजना समेटेका हुन् ।

निजी क्षेत्र भने या घोषणाको विरोधमा रहेको छ । यसैबीच, निगमले बुधबारबाटै अग्रिम टिकट बुकिंग समेत खोलेको छ ।

भैरहवा, विराटनगर, नेपालगन्ज, पोखरा, सुर्खेतलगायत गन्तब्यमा निगमका जहाज उड्ने गर्छन् ।

ति गन्तब्यका लागि दशैंको अवसर पारी अग्रिम टिकट खोलिएको निगमले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here