झिनो अंकले घट्यो नेप्से, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा पुगेको हो ।

यसदिन ३०७ कम्पनीको ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँ बराबरको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ३ वटा बाहेक सबैको परिसूचक घटेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड ९७ लाख रुपैयाँ बढिको ४ लाख ६२ हजार १४९ कित्ता शेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्वोत्तम सिमेन्ट, बुद्धभूमि नेपाल हाइड्रोपावर र धौलागिरि लघुवित्तका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here