निजी कम्पनीको स्वार्थमा डुबाइन्छ नेपाल एयरलाइन्स

काठमाडौं, २ असोज । निजी कम्पनीको स्वार्थसाग जोडिएका मानिसको स्वार्थका कारण नेपाल एयरलाइन्सलाई नियतवश धरासायी बनाउने गरेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री यागेश भट्टराईले गठन गरेको नेपाल एयरलाइन्स अध्ययन सुधार तथा सुझाव समितिले बुधबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक तथा पूर्वसचिव सुशील घिमिरेले निगमको संचालक समितिमा निजी क्षेत्रमा मानिस, निगमको व्यापारसँग स्वार्थ जोडिएका मानिस राख्दा निगमको व्यापार प्रभावित हुने गरी काम भइरहेको बताए ।

संचालक समितिमा व्यवसायिक, दक्ष र स्वतन्त्र मानिस नभएसँग निगमको व्यापारिक स्वार्थमा चलखेल भइरहने र त्यसले निगमको हित नगर्ने उनले बताए ।

निगमलाई व्यवसायिक रुपमा उन्नत संस्था बनाउने हो भने अहिलेको संरचनागत संरचना नै बदल्नु पर्ने कार्यदलका सुझाव छ ।

निगमलाई पब्लिक कम्पनीका रुपमा रुपान्तरण गरेर विदेशी सीइओ राखी निगमको संचालनमा जानु पर्ने कार्यदलको सुझाव रहेको छ ।

नेपाली अध्यक्ष संस्थामा रहने र यसको नियुक्ति नेपाल सरकारले गर्ने गरी संरचनात्मक परिवर्तनको सुझाव दिइएको छ ।

दीर्घकालिन रुपमा निगमलाई कम्पनीमा रुपान्तरण गर्नुर्ने भएपनि तत्काल रणनीतिक साझेदार भित्राएर निगमको व्वस्थापन सुधारमा लाग्नुपर्ने सुझाव दिइएको छ ।

निगमलाई तत्काल नयाँ जहाज खरीद गरी गन्तब्य बिस्तारमा लगाउनु पर्ने र जहाज सिधै कम्पनीबाट खरीद गर्ने गरी निर्णय हुनुपर्ने कार्यदलको सुझाव छ ।

निगमले हरेक पटक जहाज किनेपिच्छे विवाद गर्ने हो भने अब कसैले पनि निगममा जहाज किन्न आँछ नगर्ने कार्यदलको निष्कर्ष रहेको छ ।

कार्यदलका अनुसार निगमको करीव ४० अर्ब ऋण रहेको छ भने निगमको सम्पत्ति समेत उल्लेख छ । तर, निगमले आफ्नो सम्पत्तिको सही व्यवस्थापन गर्न सकेको छ । निगमको देशभर २२ स्थानमा रहेको जग्गाको उपयोग नै भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here