अब पश्चिम नेपालमा डुबान शुरु, वर्षा अझै रोकिएन

फाइल तस्वीर

काठमाडौं, २ असोज । वर्षा नरोकिएपछि क्रमशः पश्चिम नेपालको विभिन्न भूभागमा डुबान शुरु भएको छ । पहाडी भेगमा पछिल्लो ४ ५ दिन यता निरन्तर वर्षा भइरहेको छ ।

प्रभावस्वरुप नदीहरुमा जलसतह बढ्न गएको छ । बिहीबार बाँकेका विभिन्न भेग डुबानमा परेको बाँके प्रहरीले जानकारी दिएको छ ।

नेपालगन्जदेखि खजुरा र जानकरी गाउँपालिकाका अधिकांश भूभाग डुबानमा परेका छन् । पानी निरन्तर पर्ने तर भारततर्फ जाने नदीहरुमा भारतले बनाएको बाँधका कारण नेपालका धेरै भूभाग डुबानमा पर्ने गरेका छन् ।

बाँकेको सीमा क्षेत्रमा कलकलवा बाँध र लक्ष्मणपुर बाँध बनाइएका छन् । नेपालगन्जमा आज बिहान काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज पनि प्रतिकूल मौसमका कारण अवतरण गर्न नसकी धनगढी मोडिएको छ ।

तिब्र गतिम हावा चल्ने र भिजिविलिटी समेत कम भएपछि जहाजलाई धनगढी पठाइएको विमानस्थलले जनाएको छ । यद्दपी अहिले भने उडान अवतरण सामान्य रहेको छ ।

वर्षातले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा समेत प्रभाव पारेको छ । भक्तपुरमा हनुमन्ते खोला र मनोहरा खोलाको वहाव बढेपछि यो क्षेत्रमा डुबानको जोखिम निम्तिएको हो ।

अन्य जिल्लामा समेत सदरमुकाम जोड्ने सडकहरु अविरल वर्षाका कारण प्रभावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here