बीमा कम्पनीलाई प्राधिकरणले दियो १८ बुँदे निर्देशन, पालना नगरे कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमकहरुका नाममा १८ बुँदे एकीकृत निर्देशन जारी गरेको छ। प्राधिकरणबाट समय–समयमा बीमकहरुको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा प्राप्त प्रतिवेदनमा विभिन्न कैफियत देखिएको भन्दै त्यसलाई सुधार गर्न बीमकहरुको नाममा निर्देशन जारी गरेको हो।

प्रदेश तथा स्थानीय तहमा बीमासम्बन्धी अन्तर्क्रिया तथा छलफलमा बीमकका सम्बन्धमा गुनासो प्राप्त भएकोमा प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्राधिकरणले उधारो बीमालाई पूर्ण रूपमा निरुत्साहित गरी बीमा शुल्क दाखिला पश्चात बीमालेख जारी गर्ने एकीकृत निर्देशनमा उल्लेख गरिएको छ । यस्तै, चेकमार्फत बीमा शुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्राधिकरणले २ महिनाभित्र प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूको न्यूनतम भौतिक पूर्वाधार (कर्मचारीहरूको लागि टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, दराज, बैठककक्ष, सेवाग्राही कक्ष तथा कार्यालयको समग्र व्यवस्थापन) विकास गर्न, प्रदेश कार्यालयमा ५ जना, शाखामा ४ जना र उपशाखा २जना कर्मचारी अनिवार्य राख्न, शाखा कार्यालयहरूमा अनिवार्य रूपमा अधिकृत स्तरका कर्मचारी कार्यालय प्रमुख हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here