झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ४९ करोडको कारोवार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा पुगेको हो । यसदिन ३०५ कम्पनीको ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ बराबरको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ३ वटा बाहेक सबैको परिसूचक घटेको छ ।आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ५२ लाख रुपैयाँ बढिको ३ लाख ९२ हजार १४८कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गोर्खा फाइनान्स र बुद्धभूमि नेपालको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यसैगरी, सर्वोत्तम सिमेन्ट र गुराँस लघुवित्तका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here