टिभीएसले ग-यो भाइबरसँग सहकार्य, एनटर्क स्कुटर पुरस्कार

काठमाडौं, ९ फागुन । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले चर्चित सामाजिक सञ्जाल भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा मोटर्स् ब्राण्डको टीभीएसका कस्टुमाइज स्टीकर प्याकहरु सार्वजनिक गरेको छ ।

भाइबरका प्रयोगकर्ताहरुले भाइबरमा रहेको ‘लभ एट् फस्ट राइड’ नामक स्टीकर डाउनलोड गरेर टिभीएस एनटर्क स्कुटर जित्नुका साथै अन्य आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

भाइबरका दक्षिण पूर्वि एशिया विजनेस डेभ्लपमेन्ट प्रमुख अनुभव नायरका अनुसार जगदम्बा मोटर्ससँगको सहकार्यले नेपालमा भाइबर र टीभीएस बाइकको योजना संभव भएको हो ।

हामी भाइवरसँग सहकार्य गरेर उपभोक्ताहरुलाई हाम्रो ब्राण्डमा डिजिटल्ली जोड्न पाउँदा निकै उत्साहित छौँ । यस योजनामार्फत उपभोक्ताहरुले मज्जा बढाउनुका साथै थप्रै रमाईला र आकर्षक एवम् ग्राण्ड उपहारहरु जित्ने अवसर प्राप्त गर्न सक्नेछन् – जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here