दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.९५ विन्दुमा पुगेको हो ।

यसदिन ३१५ कम्पनीको ३ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १ वटा बाहेक सबैको परिसूचक घटेको छ ।

आज माछापुच्छ्रे बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब २१ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । धौलागिरी लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सर्वोत्तम सिमेन्ट र किसान लघुवित्तका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

बुद्धभूमि नेपाल हाइड्रोपावरका शेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here