घोराही सिमेन्टको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोराही सिमेन्ट इन्डष्ट्रीको बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार कम्पनीको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here