‘महरा छुटेको विषयलाई अतिरञ्जित नबनाऔं, बिरामी हुनुहुन्थ्यो, राज्यको पनि करूणा हुन्छ’

फाइलफोटो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताएका छन् ।

सुन तस्करी प्रकरणमा भैरहवाबाट पक्राउ परेका महरा शुक्रबार छुटेका थिए । महराले दैनिक ‘८/१० वटा औषधि सेवन गरिरहेको बताउँदै लामिछानेले भने, ‘अदालतले पनि बिरामी हुनुभएको बताएको छ ।

राज्य निर्मम हुन सक्छ, तर करूणा भएन भने त्यो अन्याय हुन जान्छ ।’ अवस्था हेरेर मानवीय संवेदना र करूणाको प्रयोग हुनुपर्ने उनको भनाई छ । साथै, उनले सुन तस्करी प्रकरणमा दोषी जोसुकै भए पनि नछाड्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here