काठमाडौं । सरकार निर्माणमा गठवन्धन गरेका राजनीतिक दलहरुले ईलाम २ को उपचुनावमा तालमेल गर्ने सम्भावना कमजोर बनेको छ । एमालेले युवा अनुहार उठाउँदै कम्तिमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीबाट समर्थनको आशा राखेको छ ।
रास्वपाले ईलाम २ मा उम्मेदवार निश्चित गरिसकेको छैन । तर, उपचुनावमा कसैसँग तालमेल नगर्ने भनेर पार्टीका सभापति रवि लामिछानेले पहिल्यै घोषणा गरिसकेका छन् ।
‘हामी संवैधानिक वाध्यताका कारणले सरकार चलाउनका लागि गठवन्धनमा आवद्ध भएका हौं, चुनावका लागि होइन’, उनले भने, ‘एक्लाएक्लै चुनाव नलडीकन जनमतको वास्तविक परीक्षा हुन सक्दैन महामन्त्री डा. मुकुल ढकालले भने ।’