सुनकोसीमा तीन बालबालिका बेपत्ता

काठमाडौं । होली मनाएर सुनकोसी नदीमा पौडी खेल्न गएका उदयपुरका तीनजना बालबालिका आइतबार बेपत्ता भएका छन्। त्रियुगा नगरपालिका १४, साउने बजारका अन्दाजी १२ वर्षीय लोकबहादुर मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीया रेखा मगर बेपत्ता भएका हुन् ।

बालबालिकाको समूह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्ये चार/पाँच जनालाई स्थानीयले उद्धार गरेको पनि तीन जनालाई उद्धार गर्न सकिएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here