मस्को आक्रमणका संदिग्ध सार्वजनिक

एजेन्सी । रुसले मस्कोस्थित कन्सर्ट हलमा आक्रमण गरी कम्तीमा १३७ जनाको हत्या आरोपमा पक्राउ परेका चारजनालाई सार्वजनिक गरेको छ । रुसी समाचार एजेन्सी तासले जनाए अनुसार चारैजना ताजिकिस्तानका नागरिक भएको उल्लेख छ ।

उनिहरुमध्ये एकलाई ह्वीलचेयरमा र बाँकी तीनजनालाई हिँडाएर मस्को अदालतमा उपस्थित गराइएको हो । यी चारमाथि आतंकवादी कार्य गरेको अभियोग लगाइएको छ ।

अभियुक्त चारजनाको नाम दलर्दजोन मिर्जोयेभ, सैदाक्रामी मुरोदली रचाबालिजोडा, शम्सिदिन फरिदुनी र मुहम्मदसोबिर फयजोभ भनिएको छ ।चार बन्दुकधारीले उत्तरी मस्कोको क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा आक्रमण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here