दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ४८ करोडमा खुम्चियो

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा पुगेको हो ।

यसदिन ३०४ कम्पनीको २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ बराबरको ७० लाख ६१ हजार १२ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ४ वटा बाहेक सबैको परिसूचक घटेको छ ।

आज गुराँस फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोर्टस नेपाल बालाजु शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सर्वोत्तम सिमेन्टका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here