फिक्सिङ आरोपमा क्रिकेटर आदिल अन्सारीसहित पाँच जनाले पाए सफाइ

काठमाडौं । स्पट फिक्सिङको आरोप लागेका खेलाडी तथा व्यवस्थापक गरी पाँच जनाले अदालतबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको हो।

गतवर्षको नेपाल टी- २० लिगमा स्पट फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलम, राष्ट्रिय खेलाडी आदिल अन्सारीसहित टिम व्यवस्थापक र टिम मालिक रहेकाहरू नितेश गुप्ता, नवीन कँडेल र रवि माझीविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो । गुप्ता, आलम र अन्सारीलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरू अदालतबाट धरौटीमा छुटेका थिए । कँडेल र माझी फरार भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here