अमेरिकामा पानी जहाज ठोक्किँदा साढे दुई किलोमिटर लामो पुल भत्कियो

वासिङ्टन । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा पर्ने फ्रान्सिस स्कट की ब्रिज भत्किएको छ । कन्टेनर बोकेको पानीजहाज ठोक्किँएपछि मंगलबार बिहान २.५७ किलोमिटर लामो पुल भत्किएको हो ।

मेरिल्याण्ड यातायात प्राधिकरणले पुलमा भएको क्षतिका कारण पुलको दुवै तर्फका सडकहरु बन्द गरिएको जनाएको छ । डाली नामक सिङ्गापुरको ध्वजा बहाक कन्टेनर दुर्घटनाग्रस्त पुलमुनि रोकिएको देखाएको थियो । जहाज ठोक्किएपछि पुलको हिस्सा पटापस्को नदीमा खस्न थालेको देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here