काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १०.८३ अंकले बढेर २०३०.८६ विन्दुमा पुगेको हो ।
यसदिन ३१० कम्पनीको २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १ वटा बाहेक सबैको परिसूचक घटेको छ ।
आज शिवम् सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड ७२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।
आज १ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।