काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

फाइलफोटो

काठमाडौं । धनगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको श्री एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

धनगढीबाट ७ः २२ बजे उडेको सो जहाज मौसम खराब हुँदा दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि काठमाडौंबाट फर्किएर भैरहवामा आपत्कालीन अवतरण गरिएको हो । धनगढी काठमाडौँको उडान समय ५० मिनेट हो ।

७७ जना यात्रुसहित बिहीबार बिहान धनगढी विमानस्थलबाट जहाज उडेको थियो। जहाज बिहान ९ बजेर ३४ मिनेटमा भैरहवास्थित विमानस्थलमा अवतरण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here