गठबन्धन टुटेपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्ड र देउवाबीच एक्लाएक्लै भेट

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो। भेटमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउनेदेखि संसद्मा भएका विभिन्न विधेयकहरूमाथि छलफल भएको जनाइएको छ।

कांग्रेस नेतृत्वको गठबन्धन फागुन २१ गते टुटेपछि प्रधानमन्त्री प्रचण्डले देउवासँग पहिलो पटक एक्लै भेट गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here