गरिमा विकास बैंकको सीइओमा माधव प्रसाद उपाध्याय नियुक्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

बैंकको चैत्र १४ गते बसेको संचालक समितिको बैठकले २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ बर्षको लागि उपाध्ययलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। हाल बैंकका सीइओ रहेका गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते समाप्त हुने हुँदैछ ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका माधव प्रसाद उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापनाकालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनले बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापनरप्राध्यापन पेशामा संलग्न रहेका थिए ।

साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई पनि २०८० चैत १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here