झिनो अंकले बढ्यो नेप्से, सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा पुगेको हो ।

यसदिन ३१३ कम्पनीको २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँ बराबरको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ५ वटा बाहेक सबैको परिसूचक घटेको छ ।

आज सर्वोत्तम सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

आज २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपान विन लघुवित्त कम्पनीको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सर्वोत्तम सिमेन्टका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here