इलाम २ मा मिलन लिम्बूलाई बनायो रास्वपाले उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।उम्मेदवारका ६ जना आकांक्षीहरूसँगको छलफलमा उम्मेदवारीका लागि दरखास्त दिएका अन्य पाँचजना पछि हटेपछि लिम्बू सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

रास्वपामा प्राइमरी इलेक्सनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान छ । त्यसबमोजिम प्राइमरी इलेक्सनका लागि ६ जनाको दरखास्त परेको थियो । हालैमात्र माओवादी परित्याग गरेका लिम्बूले रास्वपाको प्राइमरी चुनावमा दरखास्त हाल्नुअघि पार्टीको सदस्यता लिएका थिए ।

लिम्बू पहिचानवादी धारका युवा हुन् । उनले कोशी नामकरणको विरोध गरिरहेका पहिचान पक्षधरहरूको साझा उम्मेदवार बन्न चाहेका थिए । तर, टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । स्वतन्त्र जित्दा चुनाव लड्ने छाँट नदेखेपछि उनी रास्वपा प्रवेश गरेका हुन् । वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। लिम्बू यसअघि पत्रकार थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here