नेपाल ‘ए’ २१ रनले पराजित, लोकेशको उत्कृष्ट ब्याटिङ

काठमाडौं । पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमात्र बनाउन सक्यो ।

जितनजिक पुगेर हार बेहोर्दा नेपाली टिमबाट उत्कृष्ट ब्याटिङ गरेको लोकेश बमको शतक खेर गएको छ ।

लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए । कप्तान विनोद भण्डारीले १७ जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रिजले ३ र फिओन ह्यान्ड ३, म्याथ्यु फोस्टर २, ग्याभिन होए, टम मेयस र म्याथ्यु फोस्टरले एकएक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here