नायर अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न, नेपाली विद्यार्थीबाट राजदूत प्रभावित

काठमाडौं, २ असोज । नेप्लिज असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ ( नायर)को आयोजनामा काठमाडौंमा ‘नायर अष्ट्रेलियन एजुकेशन फेयर’ सम्पन्न भएको छ ।

नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले आयोजित शैक्षिक मेलालाई नेपालका लागि अस्ट्रेलियाका राजदुत पिटर बडले सम्बोधन गरेका थिए ।

नायर अन्तरगतका शैक्षिक परामर्श संस्थाहरुले बिद्यार्थीलाई सही परामर्श दिने विश्वास उनले ब्यक्त गरे । साथै उनले नेपाली बिद्यार्थीको मेहनेतबाट आफू प्रभावित भएको बताए ।

मेलामा विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट छात्रवृत्तिसम्बन्धी जानकारी, आईएलटीएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङसम्बन्धी जानकारी गराइएको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बतए ।

मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त अस स्टडिज, ब्रिज ब्लु, डलफिन एजुकेशन, एडुब्रिज, एजुकेशन फस्ट, एजुकेशन पार्क, एक्सपर्ट एजुकेशन, ग्लोबल रिच, हब, मेन्टर, मोटिफ एजुकेशन अब्रोड, नेपाल एजुकेशन कन्सल्टेन्सी, नेप्लिज इन्काउन्टर्स, ओली एण्ड असोसिएट्स, प्रोफेशनल एजुकेशन, राइट एण्ड असोसिएट्स, द नेक्स्ट, युनिक्याम्पस र भिआईइसी लगायतका संस्थाहरुको स्टल रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here