नेपाललाई ९९ रनको लक्ष्य, गुल्शन र करणको उत्कृष्ट बलिङ

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमै अलआउट हुँदै ९८ रन बनाएको हो । गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए ।

आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए । नेपालको लागि गुल्शन झाले घातक बलिङ गरे ।

उनले आफ्नो चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here