कास्कीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ मा आज भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

पोखराबाट कास्कीको सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको भदौरे देउराली नजिकैको थामडाँडामा दुर्घटना भएको हो। दुर्घटनामा अन्य १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घाइतेहरूको उद्धार गरि उपचारका लागि पोखरा ल्याइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here