प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध उजुरी आह्वान

काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध संसदीय समितिले उजुरी आह्वान गरेको छ। सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले उजुरी आह्वानको निर्णय गरेको हो । जसअनुसार आजदेखि १० दिनभित्र जो कोही नेपाली नागरिकले उनी विरुद्ध उजुरी दिन सक्नेछन् ।

संवैधानिक परिषद्को आइतबार बिहान बसेको बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको हो ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here