यी हुन् विश्वका अर्बपतिहरु, विनोद चौधरी १७६४ औं स्थानमा (सूचीसहित)

काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ ।

नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो ।

यस वर्ष पनि सर्वाधिक अर्बपति भएको देशमा अमेरिका नै पहिलो स्थानमा छ। अमेरिकामा अर्बपतिको संख्या ८ सय १३ छ। यसपछि सबैभन्दा धेरै अर्बपति चीनमा ४ सय ७३ जना छन्। अर्बपतिको संख्यामा भारत तेस्रो स्थानमा छ।

यस वर्ष नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४ औं स्थानमा परेका छन्। नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्ति कूल १ अर्ब ८ करोड अमेरिकी डलर छ। गत वर्ष चौधरी १६ सय ४७औं स्थानमा थिए।

यी हुन् विश्वका शीर्ष २० अर्बपति-

१. बर्नार्ड आर्नल्ट : लुइस भिटन तथा सेफोरालगायत फेसन तथा कस्मेटिक ब्रान्डका मालिक बर्नार्ड आर्नल्ट यस वर्ष पनि विश्वका अर्बपतिको सूचीमा पहिलो नम्बरमा परेका छन्। यी फ्रेन्च अर्बपतिको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ।

२. एलन मस्क : सामाजकि सञ्जाल एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्क दोस्रो नम्बरमा छन्। उनको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब डलर छ।

३. जेफ बेजोस : तस्रो नम्बरमा रहेका अमेजनका संस्थापक बेजोसको कूल सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ।

४. मार्क जुकरबर्ग : चौथाे नम्बरमा रहेका फेसबुकका संस्थापक जुकरबर्गको कूल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर छ।

५. ल्यारी इलिसन : पाँचाैँ नम्बरमा रहेका ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब डलर छ।

६. वारेन बफेट : वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको कूल सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ।

७. बिल गेट्स : सातौँ नम्बरमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ।

८. स्टिभ बाल्मर : माइक्रोसफ्टका पूर्वसीईओ बाल्मरसँग कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ।

९. मुकेश अम्बानी : नवौँ नम्बरमा रहेका अर्बपति भारतीय उद्यमी अम्बानीसँग कूल सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ। एसियाका सबैभन्दा धनी व्यक्ति उनी रिलायन्स कम्पनीका मालिक हुन्।

१०. ल्यारी पेज : विश्वका टपटेन अर्बपतिमा पर्न सफल गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर छ।

११. सर्गेइ ब्रिन : गुगलका सहसंस्थापक ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ।

१२. माइकल ब्लुम्बर्ग : अर्बपतिको सूचीमा १२ नम्बरमा रहेका वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर छ।

१३. अमान्सियो ओर्टेगा : स्पेनका फेसन तथा रिटेल क्षेत्रका ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ।

१४. कार्लोस स्लिम हेलु : टेलिकम कम्पनी अमेरिका मोविलका मालिक मेक्सिकन अर्बपति हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ।

१५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स : एल ओरियल ब्रान्डका मालिक फ्रेन्च नागरिक मेयेर्सको कूल सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ।

१६. माइकल डेल : १६औँ नम्बरमा रहेका डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ माइकल डेलको कूल सम्पत्ति
९१ अर्ब डलर छ।

१७. गौतम अदानी : चर्चित अदानी ग्रुपका अध्यक्ष अदानीसँग ८४ अर्ब डलर सम्पत्ति छ।

१८. जिम वाल्टन : फेसन तथा रिटेल क्षेत्रका उद्यमी वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ।

१९. रब वाल्टन : वाल्टन वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा हुन्। उनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ।

२०. जेन्सेन हुआङ : विश्वका शीर्ष २० अर्बपति बन्न सफल जेन्सेन ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ हुन्। उनको कूल सम्पत्ति ७७ अर्ब डलर छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here