झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा झरेको हो ।

यसदिन ३२२ कम्पनीको २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँ बराबरको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ मंगलवार २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० वटाको परिसूचक घटेको छ भने अन्य ३ को बढेको छ । आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । गत वर्षको नाफाबाट ३५ प्रतिशत लाभांश घोषणा गरेको यस कम्पनीको २५ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज दुई लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुराँस लघुवित्त र विन नेपाल लघुवित्तका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here