बैंकको निक्षेप एक अर्ब घट्दा, कर्जा ११ अर्बले बढ्यो

काठमाडौं ३, असोज । गत साता वाणिज्य बैंकमा निक्षेप करिब १ अर्ब रुपैयाँले घटेको छ । सोही अवधिमा बैंकहरुको कर्जा लगानी भने करिब ११ अर्ब रुपैयाँले बढेको छ । यो सञ्चालनमा रहेका २८ वटा बैंकको मात्र तथ्यांक हो ।

अघिल्लो साता २८ खर्ब ६६ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप गत साता एक अर्बले घटेर २२ अर्ब ६५ करोड रुपैयाँ भएको छ ।

यस्तै, अघिल्लो साता २५ खर्ब ३९ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा प्रवाह गत साता बढेर २५ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप बढ्न नसकेपछि बैंकमा विस्तारै लगानीयोग्य रकमको अभाव देखिन थालेको छ । यसकारण बैंकहरुले ऋण दिन कडाइ गर्न थालेका छन् । करिब दुई साता अघिसम्म बैंकसँग पर्याप्त तरलता थियो ।

यो बीचमा बैंकहरुले आक्रामक रुपमा लगानीयोग्य विस्तार गरेका छन् । सोही कारण गत साता बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव हुन थालेको बैंकरहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here