कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

काठमाडौं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् ।

यसअघि विश्वासको मत लिएरमात्रै राजीनामा दिने अडानमा रहेका मुख्यमन्त्री शर्माले अन्तत: राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले राजीनामा पत्र बुझाएका हुन् । आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । शर्माको राजीनामा सँगै यहाँ एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बनाउन बाटो खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here