अण्डाको नयाँ मूल्य तोकियो, प्रतिक्रेट ३७५ रुपैयाँ

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ। नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ।

इटहरी, धनगढी र काठमाडौँमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो।

नयाँ समर्थन मूल्यअनुसार मध्यम अण्डा प्रतिक्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ। त्यस्तै, ठूलो अण्डा प्रतिक्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ।

संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here