जितका लागि नेपालले पायो १७५ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वुल्भ्स विरूद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टिमले जितका लागि १७५ रनको लक्ष्य पाएको छ।

त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो।

आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here