निषेधाज्ञा जारी गरेको केही घण्टा नबित्दै इनरुवा आसपासमामा कर्फ्यू

काठमाडौं । सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा कर्फ्यू आदेश जारी गरेको छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको हो ।

सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको केही घण्टा नबित्दै कर्फ्यु लगाएको हो ।

कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको कर्फ्यु आदेशमा अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक आवतजावत गर्न, भेला हुन, सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा र्‍याली भेला तथा प्रदर्शन कुनै पनि कार्य नगर्न नगराउन भनिएको छ ।

शुक्रवार मध्यान्न १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भए पनि स्थानीयले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here