खगराज अधिकारीले गरे मुख्यमन्त्रीमा दाबी, मनाङेको पनि समर्थन

काठमाडौं । गण्डकीका मुख्यमन्त्रीमा एमाले सांसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।

उनले माओवादी केन्द्रबाट सभामुख रहेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

अधिकारीको समर्थनमा एमालेका २२ र माओवादीका ८ (सभामुखसहित) सांसद छन् । प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन्।

सभामुखले सरकार गठन र विघटनमा मत दिन नपाउने कानुनी व्यवस्था रहे पनि गठबन्धनले सभामुख जोडेर सरकारको दाबी गरेको हो।

नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा चैत ५ गते सहभागी भएका नेकपा (एकीकृत समाजवादी) बाट स्वतन्त्र हैसियत मागेका सांसद दीपक मनाङे पनि गठबन्धनसँग मिलेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here