रु. २ अर्बको ऋणपत्र ल्याउँदै एनबी बैंक, १०.२५ प्रतिशत ब्याज

काठमाडौं, ९ फागुन । नेपाल बङ्गलादेश (एनबी) बैंक लिमिटेडले रु. १ हजार दरका २० लाख कित्ताले हुन आउने रु. २ अर्ब बराबरको ‘एनबिबि डिबेञ्चर’ निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त ऋणपत्र निष्काशनसम्बन्धी सभ्झौता पत्रमा एनबी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगान र नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

रु. २ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रु. १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात रु. ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्काशन तथा बिक्री खुला गरिनेछ ।

प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here