झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको हो ।

यसदिन ३१५ कम्पनीको ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ३ वटा बाहेक सबैको परिसूचक बढेको छ ।

आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड ३२ लाख रुपैयाँ बराबरको ३ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ । आज तीन फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जानकी, नेपाल र पोखरा फाइनान्सका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा आज विन नेपाल लघुवित्तको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here