८ महिनामा धेरै नाफा कमाउनेमा नबिल, पच्छ्याउँदै ग्लोबल आइएमई बैंक

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो चौमास फागुनमसान्तसम्म बैंक तथा वित्तीय संस्थाकोे नाफा ४६ अबए ३८ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५३ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । माघ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको यस्तो नाफा ३८ अर्ब ८० करोड रुपैयाँ थियो ।

नाफा आर्जन गर्न पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले फागुन ससान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । कम्पनीले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

जसमा प्राइम कमर्शियल २ अर्ब ८८ करोड, राष्ट्रिय वाणिज्य बैंक २ अर्ब ८७ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा २ अर्ब ८० करोड, एनआइसी एशिया २ अर्ब ५४ करोड, एभरेष्ट २ अर्ब २९ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, ८ महिनामा ६ बैंकले डेढ अर्ब बढी खुद नाफा कमाएका छन् । फागुनसम्म कृषि विकासले १ अर्ब ९७ करोड, हिमालयन १ अर्ब ९४ करोड, एनएाबी १ अर्ब ९२ करोड, लक्ष्मी सनराइज १ अर्ब ८२ करोड, सिद्धार्थ १ अर्ब ६९ करोड र सानिमा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस अवधिमा ५ बैंकले भने डेढ अर्बभन्दा कम नाफा कमाएका छन् । जसमा नेपाल एसबीआई बैंकले सबैभन्दा कम १ अर्ब ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, कुमारी १ अर्ब ४२ करोड, नेपाल बैंक १ अर्ब २८ करोड, सिटिजन्स १ अर्ब १६ करोड र माछापुच्छ्रेले १ अर्ब १६ करोड नाफा कमाएको छ । राष्ट्र बैंकको तथ्यांकमा प्रभु बैंकको नाफा भने उल्लेख छैन ।

राष्ट्र बैंकका अनुसार चालु आवको फागुन मसान्तसम्म बैंकहरूले १ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । पछिल्लो समय कर्जाको ब्याजदर सस्तिए पनि बजारमा उपभोग्य वस्तुको माग बढ्न र उद्यमीको मनोवल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण बैंकहरूले उल्लेख्य रुपमा व्यवसाय विस्तार गर्न सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here