जब बुर्ज खालिफामा चम्कियो यूनिक नेपाली झण्डा

दुबई, ४ असोज । बुर्झ खालिफा संसारको सबैभन्दा अग्लो मानव निर्मित संरचना । यूनाइटेड अरव इमिरेट्सको भ्रमणमा जाने विश्वका करोडौं मानिस यो टावर नहेरी फकर्ने कुरै हुँदैन ।

हरेक दिन सम्झे साँझको झिलिमिलीमा रमाउन हजारौं पर्यटक यहाँ पुग्छन् । शुक्रबार नेपालको संविधान दिवस । संसारभरका नेपालीलाई त यसबारे थाहा नहुनै कुरै भएन् ।

तर, बुर्ज खालिखा हेर्न पुगेका हजारैं विदेशीले समेत एक सुन्दर देशको सुन्दर झण्डा हेर्न र देख्न पाए । त्यो पनि संविधान दिवसकै दिन ।

दुबईस्थित नेपाली दूतावासले इतिहासमै पहिलो पटक नेपाली झण्डालाई बुर्झ खालिफामा फहराउने वातावरण मिलाएको छ ।

शुक्रबार खाडी मुलुकमा सार्वजनिक बिदा समेत पर्ने दिन, सोहीकारण दुबईमा कामको सिलसिलामा पुगेका सयौं नेपाली समेत बुर्झ खालिफामा भेला भएर नेपालको नाम लिए । एक साथ, वातावरण गुन्जाएमान बनाए ।

यसैमेसोमा एक विशाल भवनको भित्तामा डिजिटल माध्यमबाट रंगहरुको आकर्षक कला देखिन थाल्यो र फहराइयो नेपाली झण्डा ।

दूतावासका अनुसार यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९ बजेर १० मिनेट जाँदा चहकिलो सेतो पर्दा बाहिरमा यूनिक चन्द्र सूर्य अंकित नेपालको झण्डा चम्काइएको थियो । त्यसपछि सहभागीले ‘नेपाल’, ‘नेपाल’ भन्दै माहौल गुन्जायमान बनाएका थिए ।

नेपालीसँगै विदेशीसमेत नेपालको संविधान दिवसमा खुलेर रमाए । एक मिनेटसम्म संसारकै अग्लो भवनमा नेपालको झण्डा फहराइएको हो । यूएइका राजदूतको यो प्रयासलाई भने धेरैले प्रसंशा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here