माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइरालाको निरन्तरता

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला दोहोरिएका छन् । वैशाख १ गतेदेखि लागू हुने गरी कोइराला ४ वर्षका लागि पुनः सीईओ नियुक्त भएका हुन् ।

उनको कार्यकार सकिनु ४ महिना अगावै गत पुस ५ गते बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई अर्को कार्यकाल सीईओमा निरन्तरता दिने निर्णय गरेको थियो ।

उनले २०७७ वैशाख १ गतेदेखि बैंकको सीईओ सम्हालेका थिए । त्यअघि उनी बैंककै डेपुटी सीईओका रुपमा कार्यरत थिए ।

कोइरालासँग साढे २ दशक लामो बैंकिङ क्षेत्रमा कामा गरेको अनुभव छ । उनको पहिलो कार्यकालमा माछापुच्छ्रे ले वित्तीय सूचक र डिजिटल बैंकिङमा समेत फड्को मारेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here