उत्कृष्ट १० मा शिवम् सिमेन्ट पहिलो, साढे १५ करोडको सेयर कारोबार

काठमाडौं ४, असोज । साताको सेयर कारोबारमा शिवम् सिमेन्टको सेयर सबैभन्दा अघि देखिएको छ । साताका प्रमुख १० कम्पनीमा शिवम् सिमेन्ट नम्बर एक मा परेको हो । पाँच दिनको कारोबारमा यो कम्पनीको मात्र १५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रमुख १० कम्पनीको दोस्रोमा सिद्धार्थ बैंक र तेस्रोमा नेपाल बैंक् छन् । यो साता ती कम्पनीको क्रमशः ११ करोड ६५ लाख र १० करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

करिब ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएन नेपाल लाइफ इन्स्योरेन्स चौथो नम्बरमा छ । यसैगरी, पाँचौमा प्रभु बैंक, छैठौंमा कृषि विकास बैंक, सातौमा रसुवागढी हाइड्रोपावर, आठौंमा सानिमा बैंक, नवौंमा नागरिक लगानी कोष र दशौंमा एनआईसी एसिया बैंक रहेको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here