नेपाललाई साउदी अरेबियाले दियो ७४ रनको लक्ष्य

Lalit Rajbanshi of Nepal delivers a ball during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रन बनाएको हो । साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका करण केसी र अभिनास बोहराले दुईदुई, प्रतिश जिसी र ललित राजवंशीले एकएक विकेट लिए । मैदान चिसो भएपछि २ घण्टा ढिला सुरु भएको खेलमा १२ ओभर छोट्टाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here