किम्बु खाँदा २ वर्षीय बालकको मृत्यु

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका ४, काफ्लेथोकका एक बालकको किम्बु खाएर निरन्तर बान्ता भएपछि मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका काफ्लेथोकका गणेशप्रसाद मैनालीका १२ वर्षीय छोरा प्रशान्तले स्कुलबाट घर फर्कने क्रममा किम्बु खाएका थिए ।

उनी घर पुगेपछि अत्यधिक बान्ता भएको थियो । अत्यधिक बान्ता भएपछि प्रशान्तलाई उपचारका लागि मेथिनकोट अस्पताल भकुन्डे पुर्‍याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here