राप्रपालाई काठमाडौं महानगरले तिरायो जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराएको छ। गत चैत २७ गते राप्रपाले प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै कामपाले जरिवाना तिराएको हो।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम क्षति भएको आइल्याण्ड मर्मतसम्भार गर्न २२२ रुपैयाँ जरिवाना गराएको छ ।

त्यस्तै, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ (१) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।राप्रपा पार्टी कार्यालयमा पत्र पठाउँदै महानगरले क्षतिपूर्तिको रकम महानगरको एनआईसी एशिया बैंकको खाता नम्बर ००१२०५००६१४७५०४७ मा दाखिला गर्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here