काठमाडौं विश्वको तेस्रो प्रदुषित शहर

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु झनै अस्वस्थ भएको छ। देशका विभिन्न स्थानका जंगलहरुमा डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।

आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण १६३ एक्यूआइ मापन गरिएको हो । पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ ।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here