कतारका राजा नेपाल आउने भन्दै सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन भन्दै सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

यसअघि पनि विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिइदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here