सेयर बजार दोहोरो अंकले घटेपछी फेरी निरास बने लगानीकर्ता

काठमाडौं । आइतबारको कारोबारले उत्साहित भएका सेयर बजारका लगानीकर्ता फेरि निरास बनेका छन् । आइतबार बढेको सेयर बजार साताको दोस्रो कारोबार दिन ‘सोमबार’ दोहोरो अंकले ओरालो लागेको छ ।

गत हप्ता लगातार ओरालो लागेको नेप्से यो साताको पहिलो कारोबार दिन आईतबार भने दोहोरो अंकले उकालो लागेको थियो । तर, साताकाृ दोश्रो दिन नै नेप्से १५ दशमलव४१ अंकले घटेर १९६९ को विन्दुमा पुगेर रोकिएको हो ।

आज ३ सय २० कम्पनीका ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ८६ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा ४९ कम्पनीको सेयरमूल्य बढेको छ । आज कारोबार भएकामध्ये म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here